मुस्ताङमा घर भत्किँदा १ को मृत्यु, १ घाइते

एसके थकाली
जोमसोम
मुस्ताङको थासाङ गाउपालिका—२ नाउरिकोटमा २ तले कच्ची घर भत्किँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अविरल वर्षाले सोमबार बिहानपख करिब साढे ४ बजे नाउरिकोटका ७० वर्षीय रत्नप्रसाद गौचनको ढुंगा र माटोले बनेको २ तले घर भत्किएको हो ।
मुस्ताङका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार घर भत्किँदा १८ वर्षे निशान तुलाचनको घटनास्थलमै मृत्यु भएको छ । उनका हजुरबुवा रत्नप्रसाद घाइते छन् । उनको लेते प्राथमिक स्वास्थ्यचौकीमा उद्धार भइरहेको छ ।
घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ७ जना र कोवाङ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ५ जनाको टोली घटनास्थलमा पुगेको थियो ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्याल, थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन, वडाध्यक्ष नरप्रसाद हिराचन र प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसी लगायतको टोली समेत घटनास्थलमा पुगेर छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया