स्याङ्जाका राेशनकाे काेरानाका कारण साउदीमा मृत्यु

समाधान संवाददाता २०७७ साउन १२ गते १०:५९

पाेखरा

Advertisement

स्याङ्जाका १ युवककाे काेराेना संक्रमणकै कारण साउदी अरबमा मृत्यु भएकाे छ ।

स्याङ्जाकाे गल्याङ नगरपालिका ८ का रोशन श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएकाे ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले बताएका छन् ।

Advertisement

श्रेष्ठ १ महिनाभन्दा बढी समयदेखि साउदीकाे दमाम सेन्ट्रल अस्पतालमा उपचाररत थिए ।

एनए मिडियाका म्यानेजिङ डाइरेक्टर श्रेष्ठ सामाजिक संघस‌ंस्थामा समेत क्रियाशील थिए ।

Advertisement

परिवारसहित साउदीमै बस्दै आएकाे उनी लकडाउन अघि नै नेपाल आए पनि पत्नीलाई काठमाडाै‌ंमा छाडेर चैत १० गते साउदी फर्केका थिए ।

तपाईको प्रतिक्रिया