बिहानसम्म बिरामी जाँच्दै थिए मनिपालका संक्रमित डाक्टर

अनुप पौडेल, पोखरा
मनिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा सोमबार कोरोना पुष्टि भयो । मनिपाल कलेजमा एमडी पहिलो वर्षमा पढ्ने २९ वर्षे ती युवक मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन् ।
उनलाई सामान्य ज्वराे आएकाले स्वाब लिइएकाे थियाे । आइतबार उनको स्वाब क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका लागि पठाइएकोमा कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी रिपोर्ट नआउँदासम्मै बिरामी परीक्षण गरिरहेको मनिपाल उच्च स्रोतले जानकारी दिएको छ ।
उच्च सतर्कताका बीच काम गरिरहेका उनको शरीरमा भाइरस कहिले प्रवेश ग¥यो भन्नेमा अस्पताल प्रशासनले खोजी सुरु गरेको छ । उनी कति दिनदेखि संक्रमित थिए र कति बिरामी परीक्षण गरे भन्ने अन्योल कायमै छ ।
ती युवकलाई अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।मनिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र ती चिकित्सकको सम्पर्कमा आएकालाई निगरानीमा राख्ने प्रयास भैरहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया