कास्कीमा २ सहित गण्डकीमा थपिए २२ कोरोना संक्रमित

समाधान संवाददाता २०७७ साउन १२ गते १५:१९

समाधान संवाददाता, पोखरा

Advertisement

गण्डकी प्रदेशमा कोरोना भाइरसका २२ संक्रमित थपिएका छन् । कास्कीको रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका १÷१ जना पुरुषसहित स्याङ्जा र लमजुङमा गरी २२ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

स्याङ्जा पुतलीबजारमा एकैपटकमा १७ पुरुष र १ महिला गरी १८ जनामा संक्रमण पुष्टि भएको निर्देशक डा विनोदविन्दू शर्माले जानकारी दिए ।
लमजुङको मध्यनेपाल नगरापालिका र दुधपोखरी गाउँपालिकाका १÷१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

Advertisement

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया