फलेवास नगरपालिका उत्कृष्ट

समाधान संवाददाता २०७७ साउन १२ गते १५:४५

समाधान संवाददाता
पोखरा

Advertisement

पर्वतको फलेवास नगरपालिका राजस्व लगानी तथा वित्तीय व्यवस्थापनमा मुलुकभरमै उत्कृष्ट भएको छ । नेपाल नगरपालिका संघले बर्सेनि गर्दै प्रदान गर्दै आएको ३ विधामध्ये यसपालि फलेवासले बाजी मारेको हो ।

देशभरका नगरपालिकाबाट आव २०७५/७६ मा राजस्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको आधारमा विज्ञ टोलीले पुरस्कृत गर्ने निर्णय गरेको संघका कार्यकारी सचिव कलाधर देवकोटाले बताए । उनले भने, ‘संघबाट पूर्व निर्धारित सूचकहरुका आधारमा विशेषज्ञहरुको टोलीबाट मूल्यांकन गर्दा फलेबास नगरपालिका वित्तीय व्यवस्थापनमा उत्कृष्ट भएको हो ।

Advertisement


नगरप्रमुख पदमपाणि शर्माले आइतबार संघको कार्यसमिति बैठकका क्रममा काठमाडौंमा उक्त पुरस्कार ग्रहण गरेका छन् ।

संघको २८ औं वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गर्ने चलन भए पनि कोरोनाका कारण फागुनमा गर्नुपर्ने कार्यक्रम अहिले गरिएको देवकोटाले बताए ।

Advertisement

यसैगरी नगर योजना तथा वातावरणमा धादिङको नीलकण्ठ नगरपालिका, सुशासन र सेवा प्रवाहमा कपिलवस्तुको बाँणगंगा नगरापालिका पुरस्कृत भएका छन् ।

तपाईको प्रतिक्रिया