राखेपमा फेरि सिलवाल, उपाध्यक्षमा कोइराला

समाधान संवाददाता २०७७ साउन १२ गते १९:३७


Advertisement

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज सोमबारको बैठकले सिलवाललाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


सिलवाल राखेप सदस्य सचिवबाट ३ साताअघिमात्रै पदमुक्त भएका थिए । नयाँ ऐन अनुसार खुला प्रतिस्पर्धात्मक आह्वान गरी सरकारले राखेप सदस्य सचिव नियुक्त गरेको हो । प्रतिस्पर्धामा सिलवालसहित २७ जनाले आवेदन दिएका थिए । राखेप सदस्य सचिव पहिलो पटक खेल छनोटका आधारमा भएको हो ।

Advertisement


यसअघि नेपाल भलिबल संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त भएका सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् ।


नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अञ्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

Advertisement


५ वटा मापदण्ड पुरा गरेका २७ जनाले सदस्य सचिवका लागि आवेदन दिएका थिए । त्यसबाट खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा राखेपकी पूर्व सदस्य इन्दिरा निरौला र राखेपका पूर्व अधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवाल, श्रेष्ठ र थापाको नाम मन्त्री विश्वकर्मालाई सिफारिस गरेको थिए ।

मन्त्रालयले बुधबार नै क्याबिनेटमा राखेप सदस्य सचिवको सिफारिस दर्ता गराएको थियो । गत वर्ष असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए ।


कोइराला राखेप उपाध्यक्षमा नियुक्त


१३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राखेप उपाध्यक्षमा कोइराला र सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गरको हो । उपाध्यक्ष र सदस्य सचिवको पदावधि ४ वर्षको रहनेछ ।

तपाईको प्रतिक्रिया