आजबाट सुनिल थापा कांग्रेस बन्ने
समाधान संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सस्थापक नेता सूर्यबहादुर थापाका छोरा एवं राप्रपाका महामन्त्री सुनिल थापालाई कांग्रेसमा स्वागत गर्ने तयारी भैरहेको छ ।
उनका लागि आज दिउसो पार्टी मुख्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सो कार्यक्रमकामा थापालाई पार्टी सदस्यता प्रदान गर्नेछन् ।
उनका लागि आज दिउसो पार्टी मुख्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सो कार्यक्रमकामा थापालाई पार्टी सदस्यता प्रदान गर्नेछन् ।
थापा मात्रै होइन उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्न लागेका हुन् । उनी सहितका ३० जना राप्रपाबाट राजीनामा दिइसकेका छन् भने उनी पक्षीय अन्य कार्यकर्ता पनि कांग्रेस प्रवेशको तयारीमा छन् ।
स्रोतका अनुसार कांग्रेसमा थापालाई पदाधिकारी बनाइनेछ भने केहीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ ।
थापाले राप्रपामा महामन्त्री भएकाले त्यही पद पाउनुपर्ने माग राखेका थिए । तर, सहमहामन्त्री बनाइने हल्ला चलेको छ । यद्यपी सभापति देउवाले केही मुख खोलेका छैनन् ।
तपाईको प्रतिक्रिया