स्याङ्जाका मधु मरासिनी सचिवमा बढुवा

समाधान संवाददाता २०७७ साउन १३ गते ८:३०

पाेखरा

Advertisement

सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

Advertisement

अर्थ मन्त्रालय र मातहत निकायमा लामाे समय काम गरेका मरासिनी स्याङ्जा चिन्नेवासका हुन् ।

प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मरासिनीलाई सचिव बनाउने निर्णय गरेको हाे ।

Advertisement

बढुवा सिफारिस समितिले चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मरासिनी गरी ३ जनाको नाम सिफारिस गरेको थियो।

तपाईको प्रतिक्रिया