नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

समाधान संवाददाता २०७७ साउन १३ गते ११:०७

समाधान संवाददाता

Advertisement

आज ११ बजेका लागि तय भएकाे सत्तारुढ दल नेकपाकाे स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ ।

पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

Advertisement

यस अघि साउन ६ गते बसकाे बैठक बाढी पहिराेकाे कारण भन्दै १३ गतेका लागि सारिएकाे थियाे । याे बीचमा पार्टीमा कुनै सहमति कायम हुन सकेकाे छैन् ।

Advertisement

तपाईको प्रतिक्रिया