आज थप ३११ जनामा कोरोना, १२१ संक्रमित निको भए
समाधान संवाददाता
२०७७ साउन १३ गते १७:५२
समाधान संवाददाता
नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।
पछिल्लो २४ घन्टामा १ सय २१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसहित नेपालमा निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ। कुल संक्रमितमध्ये ७२.८ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए।नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया