पृनाको नेपाली विभागमा न्यौपाने

समाधान संवाददाता २०७७ साउन १३ गते १८:०६

समाधान संवाददाता
पोखरा

Advertisement

पृथ्वीनारायण क्याम्पसको नेपाली विभागले विभाग प्रमुख डा. कुशुमाकर न्यौपानेलाई स्वागत गरेको छ ।

नव–नियुक्त प्रमुख न्यौपानेलाई सोमबार क्याम्पस परिसरमा आयोजित कार्यक्रममा प्राध्यापकहरुले स्वागत गरेका हुन् ।

Advertisement

न्यौपाने पृथ्वीनारायण क्याम्पसको मानविकी संकाय नेपाली विभागका नव–नियुक्त विभागीय प्रमुख हुन् । उनी गत ८ साउनमा विभागीय प्रमुखमा नियुक्त भएका थिए ।

कार्यक्रममा बोल्दै उनले नेपाली भाषाको विकासका लागि व्यक्ति स्वयं लाग्नुपर्ने र आफूले भाषा विकासका लागि पूर्ण पहल गर्ने बताए । उनले भने, ‘सबै संकायमा नेपाली विषय राख्न पहल गर्छु । नेपाली भएर नेपाली भाषाको ज्ञान हुनु पहिलो आवश्यकता हो ।’

Advertisement

न्यौपानेभन्दा पहिला विभाग प्रमुखको जिम्मेवारीमा कृष्णप्रसाद पौडेल थिए । उनले उमेर हदका कारण अवकास पाएपछि न्यौपानेले विभागको प्रमुखको जिम्मेवारी पाएका हुन् ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेल, गीता पौडेल, चन्द्रमणि आचार्य लगायत नेपाली विभागका प्राध्यापकको सहभागी थिए ।

कार्यक्रममा सहभागीले राष्ट्र र राष्ट्रियताको पहिचान नेपाली भाषाको विकासका लागि पहल गरिनुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया