रोयल सहकारीले थाल्यो स्मार्ट बैंकिङ सेवा
समाधान संवाददाता
पोखरा
पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले स्मार्ट बैंकिङ सेवा सुुरु गरेको छ ।
संस्थाको हरेक कारोबारलाई प्रविधिमैत्री बनाउने अभियान बमोजिम संस्थाका सञ्चालक तथा व्यवस्थापन कर्मचारीहरुले एकैपटक सेवा लिँदै रोयल स्मार्ट बंैकिङ सुरुआत गरेको हो । ‘स्मार्ट सोच्नुहोस्, रोयल स्मार्ट बंैकिङ’ रोज्नुहोस् भन्ने मूल नारा सहित शुरु गरिएको संस्थाको आफ्नै नामको मोबाइल एप्लिकेसन अब सदस्यहरुको हात हातमा पुगिसकेको छ ।
संस्थाको सेवालाई प्रतिस्पर्धी र बहुउपयोगी बनाउन स्मार्ट बैंकिङको सेवा प्रारम्भ गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले बताए ।
उनले भने, ‘रोयल सहकारी आफैमा एउटा इतिहास बोकेको संस्था हो । हामीले संस्थाका सञ्चालक, कर्मचारी र सदस्यहरुलाई सर्टिफाइड सहकारीकर्मीको रुपमा पिकास गरिरहेका छौं, अब हामी संस्थाको सेवा र आफ्ना सदस्यहरुलाई स्मार्ट बनाउन चाहन्छौं,’ उनले भने ।
रोयल स्मार्ट बंैकिङबाट सदस्यहले आफ्नै मोबाईलबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट चेक गर्न, सहकारीभित्र खातामा रकमान्तर गर्न, विभिन्न ५३ वटा बैंकहरुबाट सहकारीमा र सहकारीबाट बैकहरुमा रकमान्तर गर्नल सक्नेछन् ।
पानी, बिजुली, इन्टरनेट, टिभी, टेलिफोनको बिल भुक्तानी गर्न, मोबाइल रिचार्ज, हवाईजहाज तथा सिनेमाको टिकट खरिद गर्न, वालेटमा रकम जम्मा, क्युआर भुक्तानी, कार्डरहित एटिएम सेवा र संस्थाको सूचना तथा समाचारहरु एउटै प्रणालीबाट सेवा प्राप्त गर्न सकिने संस्थाका सूचना अधिकारी तथा मुख्य प्रवन्धक मीलन ढकालले बताए ।
लकडाउन सुरु भएसँगै सदस्यहरु संस्थामा आउन सकेनन् । आफ्नो खाताको जानकारी लिन, अन्य बिल भुक्तानी गर्न तथा महामारीको बेलामा भौतिक रुपमा उपस्थित भई बचत खातामा भएको रकम समेत कर्जा खातामा घटाउन सकेनन् । साथै अन्य नगदको कारोबार गर्न धेरै सदस्यहरुले भोगेको समस्यालाई मध्यनजर गर्दै संस्थाले हाम्रो टेक्नोलोजी प्रालिसँग सहकार्य गरेर यो सेवा शुभारम्भ गरेको हो । संस्थाले कोभिड–१९ महामारीको अवधिभर यो सेवालाई निशुल्क रुपमा रजिस्ट्रेसन गरी सुविधा उपलब्ध गराइरहेको छ ।
गतवर्ष देखि प्रधान कार्यालय पोखरा र तनहुँ जिल्लाको दुलेगौंडा सेवाकेन्द्रबाट एटिएम सेवा मार्फत् सहकारीले प्रविधिलाई आत्मसात गरेको छ । सहकारीले स्मार्ट बैंकिङ सेवाको सुरुआत गरेसँगै संस्थामा भिडभाड कम हुने, कर्मचारी र सदस्यहरुको समय बचत हुने, आफ्नो कारोबारको परिक्षण घरमै बसी आफैले स्वमूल्याँकन विधिबाट गर्न सकिने र अन्य बैंकहरुसँगको सिधा नेटवर्कको कारण वित्तीय कारोबारमा सहजताको युग प्रारम्भ भएको संस्थाले दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया