परिबन्दमा परेकाे मायालु जोडी : नेपाल छोडे छुट्टिनुपर्छ, बसिरहे जरिवाना लाग्छ

समाधान संवाददाता २०७७ साउन १३ गते २१:१६

अनुप पौडल, पोखरा

Advertisement

इटालीका मार्को एन्टोनेली र अमेरिकाकी एमी स्टीबर नेपाल आएको १ वर्ष पुग्न लागिसक्यो । उमेरले ६० नाघेका मार्को र एमीको भेट २ वर्ष पहिले भारतमा भएको हो । कामको सिलसिलामा भारतमा रहेका दुवैको मन मिल्यो । त्यसपछि घुम्नलाई नेपाल छिरे ।

नेपाल सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्दै छ । लकडाउनले यहीँ फसेका पर्यटकले भदौ १५ गतेसम्म नेपाल छोड्नुपर्ने हुन्छ । तर उनीहरु नेपालको बसाइँ लम्ब्याउन चाहन्छन् ।

Advertisement

उनीहरु स्टडी भिसामा १ वर्षलाई नेपाल आएका हुन् । २ छुट्टाछुट्टै देशको यो जोडी अहिले पोखरामै छ । अहिले कोरोना महामारीको डरले दुवैजना भिसा लम्ब्याउन चाहन्छन् ।

मार्को र एमीलाई नेपालबाट बाहिर गएपछि छुट्टिनुपर्छ भन्ने चिन्ताले सताइरहन्छ । ‘२ देशबीचको राजनीतिक द्वन्द्वले म अमेरिका छिर्न पाउँदिन, ऊ इटाली आउन गाह्रो छ,’ ६३ वर्षे मार्कोले हाँस्दै भने, ‘कहिलेसम्म यस्तै रहन्छ थाहा छैन ।’

Advertisement

नेपाल सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्दै छ । लकडाउनले यहीँ फसेका पर्यटकले भदौ १५ गतेसम्म नेपाल छोड्नुपर्ने हुन्छ । तर उनीहरु नेपालको बसाइँ लम्ब्याउन चाहन्छन् । नेपाल सरकारले बसाइँ लम्ब्याउन पाउने व्यवस्था गर्न एमीको आग्रह छ ।

मार्कोको परिवारमा ८३ वर्षकी आमामात्रै छिन् । बुवाको २३ वर्ष पहिले नै निधन भइसक्यो । मार्कोकी आमा धर्मशालामा बस्छिन् । ‘म हरेक दिन आमासँग फोनमा कुरा गर्छु । उहाँ अहिलेसम्म सुरक्षित हुनुहुन्छ । बहिनीको विवाह भइसकेकाले आमा ‘हस्पिस’ मा बस्नुहुन्छ,’ मार्कोले सुनाए ।

मार्को र एमी एमरेष्ट बेस क्याम्प, रारा, मुक्तिनाथसम्म पुगे । पोखराको विश्व शान्ति स्तूप, पातले छाँगो, गुप्तेश्वर गुफा घुमे । सराङकोट पनि पुगे, तर चरा जसरी आकाशबाट फेवा अनि पोखरा नियाल्न पाएनन् ।

मार्को ‘नेल्सन’ नामक मार्केटिङ कम्पनीमा रिर्सचरको रुपमा काम गर्छन् । कोरोनाको महामारी अन्त्य नभएसम्म यो जोडीलाई स्वदेश फर्किन मन छैन ।

‘नेपाल इज भेरी सेफ देन अमेरिका,’ ६७ वर्षे एमीले सुनाइन् । अमेरिकाको स्वास्थ्य मन्त्रालयमा एमीले २० वर्ष बिताइन् । तर त्यही देशको स्वास्थ्य सेवा र सुविधाप्रति अहिले आएर भरोसा उडेको छ ।

एमी नेपाल आएको यो पहिलोपटक हो । ‘म १२ वर्ष पहिले नेपाल आएको थिएँ । बीचबीचमा पनि आएँ,’ मार्को बोल्दै गर्दा एमीले थपिन्, ‘म पहिलोपटक आएकी हुँ । उहाँले (मार्कोलाई देखाउँदै) ल्याउनु भएको हो ।’

मार्को र एमी एमरेष्ट बेस क्याम्प, रारा, मुक्तिनाथसम्म पुगे । पोखराको विश्व शान्ति स्तूप, पातले छाँगो, गुप्तेश्वर गुफा घुमे । सराङकोट पनि पुगे, तर चरा जसरी आकाशबाट फेवा अनि पोखरा नियाल्न पाएनन् ।

आकाशमा उड्ने कौतुहल्ताले उनलाई रोकेन । पहिला नेपाल आउँदा आफूलाई आकाशमा उडाएका ‘टेन्डम पाइलट’ लाई सम्पर्क गरे । नेपाल सरकारले उड्न रोक लगाएको जवाफ पाए । कुराकानीको बीचमा मात्रै होइन अन्त्यमा पनि उनले भने, ‘सुरक्षित भएर उड्दा केही हुन्न भन्ने सन्देश पु¥याइदिनु है !’

मार्को र एमीमात्रै होइन पोखरामा रहेका अधिकांश पर्यटक स्वदेश फर्कन चाहँदैनन् । नेपाल सरकारले गरेको निर्णय फिर्ता लिन उनीहरुको आग्रह छ । नेपाल सरकार र नेपालीले कोरोना संक्रमणको समयमा विदेशीलाई देखाएको व्यवहारमा दुवै खुसी छन् । नेपाल र नेपालीबारे सोध्दा दुवैले एकैपटक जवाफ फर्काए – नाइस, वन्डरफुल ।

बसाइ अवधि लम्ब्याएर सहयोग गरे आफूहरु खर्च गरेर नेपालमा बस्न तयार रहेको अमेरिकाकी राक्सी जुलियाना बताउँछिन् । अमेरिकामा संक्रमणको जोखिम उच्च रहेकाले उनलाई फर्कन मन छैन ।

मंसिर दोस्रो हप्ता पर्यटक भिसामा एक्लै नेपाल घुम्न आएकी उनी डेढ महिना काठमाडौं बसिन् । त्यसपछि पोखरा आइन् । आमाबुवाले पनि उनलाई अमेरिका नफर्किन सुझाइरहेका छन् ।

‘अमेरिकामा मेरो आमाबुवा मात्रै हुनुहुन्छ । त्यता जोखिम भएकाले अहिल्यै नआइज भन्नुभएको छ,’ अन्त्यमा उनले भनिन्, ‘दे लभ मी भेरी मच ।’ नेपालमा लकडाउनको ४ महिनामा आफूले निकै सुरक्षित महसुस गरेको उनले सुनाइन् ।

नेपाल घुमेर भ्रमण वर्ष सफल बनाउने आफ्नो योजना असफल भएको उनी सुनिउँछिन् । ‘हामी नेपालको सुन्दरता हेर्न र रमाउन आएका थियौं । तर पछिल्ला महिनामा कोभिडले त्यो योजना असफल बनायो,’ राक्सी भन्छिन्, ‘स्वदेशभन्दा नेपालमा सुरक्षित महसुस गरेका छौं । बाआमालाई सर्छ भन्ने डर लाग्छ ।’

पोखराका विभिन्न होटल, लजमा अझै पनि पर्यटकहरु बसिरहेका छन् । अहिले पोखरामा विभिन्न देशका ३ सयभन्दा बढी पर्यटक रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । लकडाउनका बेला ३ हजारभन्दा बेसी पर्यटक पोखरा र आसपासबाट स्वदेश फर्किएको उनी बताउँछन् ।

४४२ जनाले थपे भिसा

सरकारले लकडाउन खुकुलो बनाएपछि हालसम्म ४ सय ४२ जनाले अध्ययागमन कार्यालय पोखराबाट भिसा अवधि थपेका छन् । आइतबारसम्म विभिन्न देशका पर्यटक र नेपाली मूलका विदेशी नागरिकले गरेर दैनिक १० देखि १५ जनासम्मले भिसा थपेको कार्यालयका वरिष्ठ अध्यागमन सहायक चेतराज आचार्यले जानकारी दिए ।

उडान सुरु भएपछि पनि फर्किन चाहनेलाई टिकटको समस्या भइरहेको अध्यागमन सहायक आचार्यले बताए । टिकट सस्तो भएपछि फर्किन्छौं भन्नेहरु कार्यालयमा आइरहेको उनले सुनाए ।

कर्मथलो छोडेर कोरोना महामारीको डरले रिलेसन भिसा लिएर नेपालमै बस्नेहरुको संख्या भने दोहोरिएको आचार्यले बताए । उनले भने, ‘भिसा थप्नेमा रिलेसन भिसामा बस्छु भन्ने पनि हुनुहुन्छ । नेपालमा रहेका आफन्तबाट त्यस्तो भिसा लिन पाइन्छ । भोलि के–कसो हुन्छ भनेर टुरिस्ट भिसा अपग्रेड गरेर यहीँ बसेको भए त्यस्तो अवस्थामा दोहेरिन्छ ।’

उडान सुरु भएपछि पनि फर्किन चाहनेलाई टिकटको समस्या भइरहेको अध्यागमन सहायक आचार्यले बताए । टिकट सस्तो भएपछि फर्किन्छौं भन्नेहरु कार्यालयमा आइरहेको उनले सुनाए । सरकारले नेपालमै बस्न चाहने पर्यटकको हकमा निर्णय लिए आफूहरुलाई पनि सहज हुने आचार्यको भनाइ छ ।

‘कसैले १५ दिनको टिकट पाइन, १८ दिनमा पाएँ भन्दै आउनुहुन्छ,’ आचार्यले भने, ‘सरकारले १५ दिन भनिरहँदा ३ दिन बढी भयो भन्न पनि हामीले सकेका छैनौं । अध्यागमन विभागमा सम्पर्क गर्नु भनेका छौं ।’

तपाईको प्रतिक्रिया