मुख्यमन्त्री गुरुङको दाँत दुख्यो, उपचार सुरु

समाधान संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दाँतमा समस्या आएको छ । बुधबार बिहानदेखि दाँत दुख्न थालेपछि उनी उपचारका लागि दिउँसो कान्तिपुर डेन्टल पुगेका थिए । मुख्यमन्त्रीले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा दन्त विशेषज्ञसँग दाँत जँचाए ।
मुख्यमन्त्रीको दायाँपट्टिको बंगारा कीराले खाएर दुखेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । कान्तिपुर डेन्टलमा आज मुख्यमन्त्रीको दाँतको विशेषज्ञ उपचार सेवा सुरु भएको छ ।
‘बिहान उहाँलाई दाँत दुखेछ, हामीकहाँ आउनुभयो, बुद्धि बंगारा ढलेको र आडैको बंगारा कीराले खाएको रहेछ,’ हस्पिटलका अध्यक्ष र कार्यकारी निर्देशकसमेत रहेका दन्त विशेषज्ञ डा बुद्धिमान श्रेष्ठले भने । उनका अनुसार ओरल मेडिसिन एन्ड रेडियोलोजिस्ट डां अंकित शाहले मुख्यमन्त्रीको दाँत जाँचेर समस्या पत्ता लगाएका थिए ।
दाँतको जरैदेखि उपचार गर्ने विशेषज्ञ (इन्डोडोनिस्ट) डा. मनीषा श्रेष्ठले मुख्यमन्त्रीको दाँतको उपचार गरेको जानकारी पनि अध्यक्ष डा. श्रेष्ठले दिए । ‘बुद्धि बंगारा ढलेको रहेछ, खाना चपाउने बंगारा कीराले खाएर नसासम्म छोएको रहेछ, त्यसैले उहाँलाई दुखेको रहेछ,’ डा. श्रेष्ठले भने । आज केही उपचार गरी औषधीसमेत दिएर फेरि डेढ सातापछि आउन मुख्यमन्त्रीलाई भनिएको पनि उनले सुनाए ।
‘उहाँका अरु दाँत पनि खिइएको रहेछ, खाना चपाउने दाँत पनि खिइएको छ,’ उनले भने, ‘हामी उहाँको फुल माउथ रिहाबिलिटेसन गर्ने योजनामा छौं । त्यसपछि मात्रै त्यो ढलेको बुद्धि बंगारा निकाल्ने हो । अनि कीराले खाएको बंगाराको आज सुरु भएको आरसिटी पछि पूरा हुन्छ ।’










सम्पादकीय—लेकसाइडमा सडकको सास्ती
प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया