वीरगञ्जमा कोरोनाबाट थप २ को मृत्यु, नेपालमा ५१ पुगे
समाधान संवाददाता
२०७७ साउन १४ गते १८:२४

समाधान संवाददाता
पर्साको वीरगञ्जमा कोरोना भाइरस संक्रमण भएका दुई बृद्धको मृत्यु भएको छ । मृतक दुवै जना पर्सा कै बासिन्दा हुन् ।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय पुरुष र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषकै कोरोनाले मृत्यु भएको पुष्टि भएको हो।
दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो।
वीरगन्ज निवासी ती वृद्धलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनी मिर्गौला रोगी समेत हुन्।
त्यस्तै, गण्डक अस्पतालमा बुधबार मृत्यु भएका अर्का कोरोना संक्रमितमा भने मुटुको समस्या रहेको थियो ।
उनलाई गत साउन ८ गते अस्पताल भर्ना गरिएको थियो। त्यही क्रममा उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
सम्बन्धित







मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया