वीरगञ्जमा कोरोनाबाट थप २ को मृत्यु, नेपालमा ५१ पुगे

समाधान संवाददाता २०७७ साउन १४ गते १८:२४

समाधान संवाददाता

Advertisement

पर्साको वीरगञ्जमा कोरोना भाइरस संक्रमण भएका दुई बृद्धको मृत्यु भएको छ । मृतक दुवै जना पर्सा कै बासिन्दा हुन् ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय पुरुष र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषकै कोरोनाले मृत्यु भएको पुष्टि भएको हो।

Advertisement

दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो।

वीरगन्ज निवासी ती वृद्धलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनी मिर्गौला रोगी समेत हुन्।

Advertisement

त्यस्तै, गण्डक अस्पतालमा बुधबार मृत्यु भएका अर्का कोरोना संक्रमितमा भने मुटुको समस्या रहेको थियो ।

उनलाई गत साउन ८ गते अस्पताल भर्ना गरिएको थियो। त्यही क्रममा उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

तपाईको प्रतिक्रिया