स्याउमा स्क्याप रोग लाग्दा किसान चिन्तित

समाधान संवाददाता २०७७ साउन १५ गते ६:३४

एसके थकाली
जोमसोम

Advertisement

स्याउका बोट र फलमा स्क्याप रोग संक्रमण देखिएसँगै मुस्ताङका किसान यतिबेला चिन्तित बनेका छन् । लगातारको अविरल वर्षाका कारण स्याउ बगैंचामा स्क्याप रोग देखापरेको मुस्ताङका स्थानीय किसानले बताएका छन् ।

स्याउ उत्पादनले प्रसिद्ध मानिएको मुस्ताङको घरपझोङ गाउँपालिका—४ मार्फा र थासाङ गाउँपालिका १ र २ वडाको टुकुचे, सौरु र कोबाङ लगायतका स्थानमा स्क्याप रोगको संक्रमण देखिएको हो । भारी वर्षाले स्याउको बोट र फलमा यसप्रकारको संक्रमण फैलिएको शेर्पा नर्सरी टुकुचेका राजन शेर्पाले जानकारी दिए । स्याउमा स्क्याप रोग लागेपछि स्थानीयको स्याउबारीमा स्याउको पात झर्दै उजाड देखिने, स्याउका दानामा टिकटिके दाग देखिने, पत्ता खुम्चिएर सेता ढुसी लाग्ने र फलको गुणस्तरमा समेत ह्रास आउने शेर्पाले बताए ।

Advertisement

टुकुचेका किसान निरज तुलाचनले स्याउ बगैंचाको हेरचाह, व्यवस्थान र विभिन्न संक्रमण फैलिन नदिन आवश्यक सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार स्याउ बगंैचा व्यवस्थापनमा ध्यान पुग्न नसकेको र विभिन्न रोग निमूल पार्न विषादीको सञ्चय गर्न नसकिएकाले यसपटक किसानले ठुलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको हो । ‘स्याउमा स्क्याप रोग देखा प¥यो, स्याउका बोटमा ठूलो क्षति पुगेको छ,’ स्याउ किसान तुलाचनले भने, ‘स्याउमा फल लागे पनि गुणस्तरका छैनन्, २ तिहाइ स्याउ नष्ट हुने अवस्था छ ।’

मुस्ताङका स्याउ बोटमा स्क्याप रोग लागेपछि बोटहरु आकर्षणविहीन बनेको हो । लटरम्म स्याउले थेग्ने नसकिने स्याउ बोटमा संक्रमण देखिएपछि स्याउको फल खोक्रो र फुस्रो देखिएको मार्फाका किसान दीपक लालचनले जानकारी दिए ।

Advertisement

उनका अनुसार यसपटक कोरोना भाइरसको माहामारीले सिर्जित लकडाउन र बेनी—जोमसोम सडकमा ठाउँठाउँमा गएको बाढी÷पहिरोले किसानले स्क्याप रोकथाम गर्न विषादी खरित्न नपाउँदा क्षति व्यहोर्नु परेको हो ।

यस वर्ष मुस्ताङका किसानले स्क्याप रोगका कारण करोडौंका घाटा व्यहोर्नुपर्ने देखिएको छ । मुस्ताङमा बर्सेनि स्याउ बगंैचा ठेक्का लिन जिल्ला बाहिरका व्यापारी मुस्ताङ आउँछन् । सधैजसो भदौको पहिलो साता स्याउको बैना लगाएर भदौको अन्तिम र असोजमा स्याउ टिप्न व्यापारी किसानको बगंैचामा पुग्छन् । तर, यसपटक स्क्याप रोगकै कारण मुस्ताङका किसानको स्याउ बगैचा कुहिन भएको छ ।

टुकुचेकै किसान सूपत थकालीले भने, ‘यसपटक क्वालिटीको स्याउ उत्पादन भएको छ । स्याउमा पुरै दाग लागेको छ । स्याउको अवस्थाले बिक्री गर्न कठिन छ ।’ थकालीका अनुसार यस वर्ष थोरै भएको उत्पादनपनि सडक दुरावस्थाका कारण बजारीकरणमा समस्या पर्ने देखिएको हो । पछिल्लो समय मुस्ताङमा १५ सय हेक्टरमा स्याउ बगैंचा बिस्तार भएको छ । जसमध्ये करिब ५ सय हेक्टर जमिनमा लगाएको स्याउ बोटले फल दिने गरेको छ । गत वर्ष मुस्ताङमा ६५ सय हेक्टर स्याउ उत्पादन भएको थियो ।
………….
मुस्ताङका बगैचामा लटरम्म स्याउ । तस्विर ःदिपक लालचन ,मार्फा ।

तपाईको प्रतिक्रिया