१ ताेला सुनलाई ९९,०००

समाधान संवाददाता २०७७ साउन १५ गते ११:१७

समाधान स‌वाददाता, पाेखरा ।

Advertisement

बिहीबार सुनको मूल्य झन्डै एक लाख पुगेको छ। आज तोलाकै ९९ हजार पुगेर सुनको मूल्यले एतिहासिक रेकर्ड कायम गरेको छ।

बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य बुधबार थियो।

Advertisement

आज चाँदीको मूल्य १२ सय २५ रुपैयाँमा स्थिर छ। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको थियो।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भएको थियो।

Advertisement


तपाईको प्रतिक्रिया