रहेनन् शिक्षासेवी कायस्थ

समाधान संवाददाता
पोखराका शिक्षासेवी प्रा.डा. राधेश्याम कायस्थको विहीवार निधन भएको छ । लामो समयदेखि दम रोगबाट ग्रसित कायस्थको ७८ वर्षको उमेरमा पोखरास्थित चरक मेरोरियल अस्पतालमा विहान निधन भएको हो ।
स्वर्गीय कायस्थको बिहीबार नै शान्तिघाटमा अन्त्येष्टि गरिएको थियो । स्व. राधेश्यामका श्रीमती लक्ष्मीमाया, २ छोरा सञ्जीव र राजु कायस्थ र छोरी प्रतिमा श्रेष्ठ छन् ।
कायस्थ पोखराको नदीपुरस्थित न्यू ग्यालेक्सी उच्च माविका संस्थापक र प्रमुख संरक्षक थिए । पोखराबाट एमएससी पास गर्ने पहिलो व्यक्ति रहेका स्वर्गीय कायस्थ ३७ वर्षसम्म लगातार पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेका थिए ।
विद्यार्थीलाई आफ्नो सम्पत्ति र सन्तति ठान्ने स्वर्गीय कायस्थ आफ्नो जीवनको अन्तिम क्षण सम्म पनि शिक्षा क्षेत्रमा खटिनैरहे ।
उनी पोखरास्थित पृथ्वीनारायण क्याम्पसको सहायक क्याम्पस प्रमुख, विज्ञान संकायका डीन भएर सेवा गरेका थिए । पोखरा विश्वविद्यालयको सिनेटर सदस्य, फूलबारीस्थित माउन्ट अन्नपूर्ण स्कूलका क्याम्पस चिफसमेत रहेर काम गरेका स्वर्गीय कायस्थ विभिन्न मान, पदवी, सम्मानबाट सम्मानित भएका थिए ।
धेरै संघ संस्थामा आवद्ध भएर काम गरेका स्वर्गीय कायस्थ पोखराको शैक्षिक तथा विज्ञान क्षेत्रको विकासमा अतुलनीय योगदान छ ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया