रहेनन् शिक्षासेवी कायस्थ

समाधान संवाददाता २०७७ साउन १५ गते १६:५०

समाधान संवाददाता

Advertisement


पोखराका शिक्षासेवी प्रा.डा. राधेश्याम कायस्थको विहीवार निधन भएको छ । लामो समयदेखि दम रोगबाट ग्रसित कायस्थको ७८ वर्षको उमेरमा पोखरास्थित चरक मेरोरियल अस्पतालमा विहान निधन भएको हो ।


स्वर्गीय कायस्थको बिहीबार नै शान्तिघाटमा अन्त्येष्टि गरिएको थियो । स्व. राधेश्यामका श्रीमती लक्ष्मीमाया, २ छोरा सञ्जीव र राजु कायस्थ र छोरी प्रतिमा श्रेष्ठ छन् ।

Advertisement


कायस्थ पोखराको नदीपुरस्थित न्यू ग्यालेक्सी उच्च माविका संस्थापक र प्रमुख संरक्षक थिए । पोखराबाट एमएससी पास गर्ने पहिलो व्यक्ति रहेका स्वर्गीय कायस्थ ३७ वर्षसम्म लगातार पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेका थिए ।


विद्यार्थीलाई आफ्नो सम्पत्ति र सन्तति ठान्ने स्वर्गीय कायस्थ आफ्नो जीवनको अन्तिम क्षण सम्म पनि शिक्षा क्षेत्रमा खटिनैरहे ।

Advertisement


उनी पोखरास्थित पृथ्वीनारायण क्याम्पसको सहायक क्याम्पस प्रमुख, विज्ञान संकायका डीन भएर सेवा गरेका थिए । पोखरा विश्वविद्यालयको सिनेटर सदस्य, फूलबारीस्थित माउन्ट अन्नपूर्ण स्कूलका क्याम्पस चिफसमेत रहेर काम गरेका स्वर्गीय कायस्थ विभिन्न मान, पदवी, सम्मानबाट सम्मानित भएका थिए ।

धेरै संघ संस्थामा आवद्ध भएर काम गरेका स्वर्गीय कायस्थ पोखराको शैक्षिक तथा विज्ञान क्षेत्रको विकासमा अतुलनीय योगदान छ ।

तपाईको प्रतिक्रिया