विद्यार्थीलाई एनसेलको अफर

समाधान संवाददाता २०७७ साउन १५ गते १७:२३

काठमाडौं

Advertisement

एनसेलले उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मातहतका विद्यार्थीका लागि अनलाइन कक्षाका लागि प्याकेज ल्याएको छ ।

एनसेल र हिसानबीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षकरशिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक प्याकेज दिने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन उपलब्ध हुनेछ । विद्यार्थीले मासिक २५० रुपैयाँ (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजीरफोरजी डेटा, २ जिबी फोरजी डेटा, सियुजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउँछन् । ‘यस कोभिड–१९ को महामारीले ठूलो चुनौती सिर्जना गर्नुका साथै कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त हुन अवसर पनि प्रदान गरेको छ । विद्यार्थीहरू भविष्यका कर्णधार हुन् । उनीहरूको अनलाइन शिक्षामा योगदान पुर्याउनका लागि हिसानसँग यो सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं,’ एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने ।

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए । यो प्याकेज हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षकरशिक्षिकाहरूले पनि यो सेवा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया