एनएमबि—सिप्रदी समझदारी

समाधान संवाददाता २०७७ साउन १५ गते १७:४०

पोखरा

Advertisement

एनएमबि बैंक लिमिटेड, सिप्रदी ट्रेडिङबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङका तर्फबाट उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरे ।

Advertisement

यस अन्तर्गत दोस्रो पक्षले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार युवालाई लक्ष्य गरी सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने सार्थ एनएमबि बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ । एनएमबि बैंकले १६९ शाखाहरु, ५ विस्तारीत काउन्टरहरु र १३३ एटिएमहरु मर्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया