कालिगण्डकी नदीमा बालकको शव फेला

समाधान संवाददाता २०७७ साउन १५ गते १७:५३

एसके थकाली, जोमसोम

Advertisement

मुस्ताङको थासाङ गाउँपालिका—२ कोबाङ खन्ती गाउँनजिक कालिगण्डकी नदीमा बिहीबार १ बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार उक्त शव रुकुम घर भई हाल मुस्ताङको घरपझोङ गाउँपालिका —४ जोमसोममा सामान्य जेला मजदुरीको काम गर्ने भीमप्रसाद कामीका १५ वर्षीय छोरा हरि कामीको रहेको खुल्न आएको छ ।

भीमप्रसादको परिवार विगत साढे २ दशकदेखि मुस्ताङको जोमसोममा सामान्य ज्याला मजदुरीको काम गर्दै आइरहेको छ । यसअघि बेलाबेला परिवारको सम्पर्कबाट बाहिरिने स्वाभावको छोरा पछिल्लो समय एक सात देखि हराइरहेकोमा खोज्दै जाँदा कालिगण्डकी नदी किनारामा शव भेटिएको भीमप्रसादले प्रहरी समक्ष बताएका छन् । मृतक बालकका बुबा भीमप्रसादका अनुसार छोराका पटक ÷पटक हराइरहने बानी भएकाले आफै सम्पर्कमा आउने आशाले प्रहरीलाई खबर गरेका थिएनन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार बालकको शव भेटिएको खबर पाएपछि प्रहरी निरीक्षक आशीष अघिकारीको कमान्डमा र कोबाङ प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले शव पोस्टमार्टमका लागि जोमसोम अस्पतालमा लगेको छ । प्रहरी नायब उपरीक्षक भण्डारीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र घटनामा कुनै पक्ष दोषी देखिए कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया