मुख्यमन्त्रीले आज प्रधानमन्त्री भेटे

समाधान संवाददाता २०७७ साउन १५ गते १९:४८

समाधान सं‌वाददाता

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । आजको भेटमा प्रधानमन्त्रीसँग प्रदेशको विकास र समृद्धि गर्नेबारे कुरा गरेको मुख्यमन्त्रीले बताए ।

‘प्रदेशका लागि आवश्यक जग्गा र भवनको विषयमा, केहीकेही कर्मचारी नियुक्तिहरु गर्नुपर्ने विषयमा कुराकानी भयो,’ मुख्यमन्त्रीले समाधानसँग भने, ‘अरु र समसामयिक राजनीतिका बारेमा आज कुरा हुन पाएन ।’

Advertisement

मुख्यमन्त्री गुरुङ पार्टीको स्थायी कमिटी बैठकमा भाग लिने र प्रदेशको मन्त्रिपरिषद्समेत हेरफेर एवं थप लगायत विषयमा प्रधानमन्त्रीसँग परामर्श गर्नेसहितका एजेन्डा बोकेर १२ साउनमा काठमाडौंका गएका थिए । तर सत्तारुढ पार्टी नेकपाको स्थायी कमिटी बैठक बस्न सकेन । प्रदेशको समृद्धिका लागि आवश्यक जग्गा र भवन लगायत विषयमा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ पाएको पनि मुख्यमन्त्रीले सुनाए ।

तस्बिर सौजन्य : विक्रम न्यौपाने/ मुख्यमन्त्रीका प्रेस संयोजक

Advertisement

तपाईको प्रतिक्रिया