व्यापारका नाममा मनपरि

समाधान संवाददाता २०७७ साउन १६ गते ९:३०

चोकमा ढोके व्यापारी देखे नथाकिन्जेल लखेट्ने नगर प्रहरी फुटपाथमा सामान राखेर व्यापार गर्नेलाई कारबाही गर्न सक्दैनन् ।

Advertisement

सम्पादकीय

कुनै व्यापारीले आफूले बिक्रीका लागि राखेको सामानमा २० प्रतिशतभन्दा बढी नाफा राख्न पाउँदैन ।

Advertisement

कसैले त्योभन्दा बढी लिए कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कैद र जरिवाना दुवै सजाय हुन सक्छ । तर बुधबार पोखरामा गरिएको एउटा अनुगमनमा प्रदेशका मुख्यमन्त्री र मन्त्रीले रासन जोहो गर्ने पसलले नै नियमविपरीत बेचविखन गरेको पाइयो ।

त्यहाँ बढी मूल्यमा वस्तु बिक्री र म्याद गुज्रेका वस्तु राखिएको थियो । त्यतिमात्रै होइन, हिँड्नका लागि बनाइएको फुटपाथमै सामान राखेको भेटियो ।

Advertisement

यसमा महानगर मुकदर्शक बनेको प्रष्ट देखिन्छ । यो विषयमा व्यवसायी स्वयं सचेत हुनु आवश्यक छ । पैदलयात्रीले पनि व्यवसायीलाई सुझाव दिन सक्छन् ।

अनुगमन टोलीले दैनिकजसो बढी मूल्यमा वस्तु बिक्री र म्याद गुज्रेका वस्तु व्यापारका लागि राखेको भेटिरहन्छ । कति कारबाहीको दायरामा पनि आएका छन् । कतिलाई एकपटक सम्झाइबुझाइ गरेपछि दोस्रोपटक भन्नु नपरेको पनि पाइन्छ ।

व्यापारीले वस्तुको म्याद भए÷नभएको याद गर्नुपर्छ । म्याद गुज्रिएको पाए त्यसलाई छुट्टै ठाउँमा व्यवस्थापन गर्दा राम्रो हुन्छ । साथै उपभोक्ताले वस्तु खरिद गर्दा म्याद हे¥यो भने राम्रो हुन्छ । २ दिन पहिलेमात्रै म्याद गुज्रेको बिस्कुट खाँदा पोखरामा ४ बालबालिका बिमार परे ।

अभिभावकले उजुरी दिएपछि अनुगमन गर्दा उक्त पसलमा ६ हजार मूल्य बराबरको म्याद गुज्रेको सामान भेटियो । त्यसमा बालबालबालिकाले रुचि राख्ने चकलेट, बिस्कुट, कोल्ड ड्रिंक्स लगायत थिए । लामो समय पसल बन्द रहँदा अधिकांश किराना पसलमा म्याद गुज्रिएका सामान भेटिन्छन् ।

त्यसैले खरिद गर्दा उपभोक्ता सजग हुनुपर्छ । फुटपाथ हिँड्नका लागि बनाइएको हो भन्नेमा जानकार हुँदाहुँदै पोखरामा धेरैले त्यसलाई व्यापारिक थलो बनाइरहेका छन् । चोकमा ढोके व्यापारी देखे नथाकिन्जेल लखेट्ने नगर प्रहरी फुटपाथमा सामान राखेर व्यापार गर्नेलाई कारबाही गर्न सक्दैनन् ।

संघ सरकारले उपभोक्ता ऐन परिमार्जनसहित जारी गरेपछि गण्डकी प्रदेश सरकारले नियमावली बनाएर प्रदेशस्तरीय अनुगमन थालेको हो ।

प्रदेशले आफ्नै नियमावली अनुसार अनुगमन थालेको पनि झन्डै वर्ष दिन पुग्न थालेको छ । एक वर्षभरिमा भएको अनुगमनले के असर पा¥यो भन्ने बारेमा नतिजा सार्वजनिक गर्न बाँकी नै छ । के भन्न सकिन्छ भने नहुनु भन्दा त अनुगमन भएको राम्रो हो नि ।

कम्तीमा व्यवसायीहरु त सजग हुन्छन् नि । अब अनुगमनका लागि अनुगमन होइन गल्ती गर्नेलाई कारवाहीका लागि समेत तयार हुनुपर्छ । तर त्यसका लागि आवश्यक संयन्त्र पहिला तयार हुनुपर्‍यो ।
यो एउटा उदाहरण मात्र हो । पोखराका गल्लीगल्लीका पसलमा मनपरी छ ।

कहिलेकाहीँ उपभोक्ताले मूल्यवृद्धिबारे गुनासो गरे हप्की पनि सहनुपर्छ । मुख्यमन्त्री र मन्त्रीकहाँ सामान पुर्‍याउने पसलमै म्याद गुज्रेका वस्तु र मूल्यवृद्धि हुनुलाई सामान्य रुपमा लिन मिल्दैन । कोरोनाका नाममा विक्रेताले अहिले कृत्रिम अभाव सिर्जना गरिरहेका छन् । तर बजारमा कुनै वस्तुको स्टक अभाव नरहेको सरोकारवाला बताउँछन् ।

त्यसैले कसैले कोरोनाको नाममा बढी मूल्य लिए प्रहरी वा अनुगमन गर्ने निकायसम्म खबर पु¥याउनु पर्छ । उपभोक्तबाट आएका गुनासोलाई सम्बन्धित निकायले पनि गम्भीर भएर सम्बोधन गर्नु आवश्यक हुन्छ ।

सरोकारवाला र आम उपभोक्ताको सहकार्यले व्यापारीले गरिरहेको मनपरीमा ब्रेक लाग्नेछ । एक जना उपभोक्ता सचेत भएमा अरुले पनि त्यसको अनुशरण गर्नेछन् । उपभोक्ताले त्यति गरेमात्रैविक्रेताको मनपरीमा कमी आउनेमा २ मत छैन ।

तपाईको प्रतिक्रिया