९ दिनदेखि सम्पर्कमा छैनन् गिरीधारी दवाडी, परिवार चिन्तित
समाधान संवाददाता
२०७७ साउन १६ गते १२:४५

समाधान संवाददाता, पोखरा
मादी गाउँपालिका वडा ९ मुग्रीबेसी स्थायी बसोबास भई पोखरा २९ भण्ढारढिक आदर्श चोक बस्दै आएका ६६ वर्षीय गिरीधारी दवाडी ९ दिनदेखि सम्पर्कमा नरहेपछि उनका परिवार चिन्तित भएका छन् ।
साउन ८ गते बिहान ४ बजेदेखि परिवार एवं आफन्तको सम्पर्कमा नरहेका दवाडीको खोजी गरेको भएपनि पछिल्लो अवस्थाबारे जानकारी पाउन नसकिएको उनका छोरा सुरेन्द्र दवाडीले बताए ।
प्रहरीमा सोही दिन खबर गरिएको र सम्भावित ठाउँमा सोधीखोजी गरिएको उनले बताए ।
६ फिट उचाई, गहुँगोरो वर्णका दवाडीलाई फेला पार्नेले नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारको आग्रह छ ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया