९ दिनदेखि सम्पर्कमा छैनन् गिरीधारी दवाडी, परिवार चिन्तित
समाधान संवाददाता
२०७७ साउन १६ गते १२:४५
समाधान संवाददाता, पोखरा
मादी गाउँपालिका वडा ९ मुग्रीबेसी स्थायी बसोबास भई पोखरा २९ भण्ढारढिक आदर्श चोक बस्दै आएका ६६ वर्षीय गिरीधारी दवाडी ९ दिनदेखि सम्पर्कमा नरहेपछि उनका परिवार चिन्तित भएका छन् ।
साउन ८ गते बिहान ४ बजेदेखि परिवार एवं आफन्तको सम्पर्कमा नरहेका दवाडीको खोजी गरेको भएपनि पछिल्लो अवस्थाबारे जानकारी पाउन नसकिएको उनका छोरा सुरेन्द्र दवाडीले बताए ।
प्रहरीमा सोही दिन खबर गरिएको र सम्भावित ठाउँमा सोधीखोजी गरिएको उनले बताए ।
६ फिट उचाई, गहुँगोरो वर्णका दवाडीलाई फेला पार्नेले नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारको आग्रह छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया