नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो
समाधान संवाददाता
२०७७ साउन १६ गते १४:०५

समधान संवाददाता
ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको मृत्युसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको पुष्टी भएको छ ।
कोरोना कै लक्षण्का कारण गम्भीर अवस्थमा पुगेकी ती महिलाको आइसियूमा उपचाररत भैरहेको ििथयो । उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।
गत साउन ६ गते अस्पताल भर्ना गरिएको ती मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी योबीचमा वीरगन्जबाट आएकी थिइन्।
अहिले मृतकको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।
बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
सम्बन्धित







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया