२ हप्ताका लागि विराटनगर लकडाउन

समाधान संवाददाता २०७७ साउन १६ गते १६:५४

समधान संवाददाता

Advertisement

कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको डरले पूर्वी नेपालको औद्योगिक शहर एवं प्रदेश नम्बर १ को राजधानी विराटनगर शहरमा २ हप्ताका लागि लकडाउनको घोषणा भएको छ ।

कोशी अस्पतालका थप तीनजना चिकित्सकसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना विराटनगरमा समुदायमा फैलिएको हुन सक्ने आशंका छ ।

Advertisement

कोशी अस्पतालमा शंका लागेर पीसीआर टेष्ट गराउँदा चिकित्सकसहित १० जनामा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना भाइरस ९कोभिड १९०को संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको हो।

जिल्ला कोभिड क्राइसिस म्‍यानेजमेन्ट सेन्टर ९सीसीएमसी०को बैठकले समेत विराटनगर महानगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको छ भने शंका लागेमा परीक्षण गरान समेत अनुरोध गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया