पाेखराका मेयर जिसीकाे काेराेना परिक्षण रिपाेर्ट नेगेटिभ
समाधान संवाददाता
२०७७ साउन १६ गते १७:०३

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएका वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीसँग काठमाडौंमा भेटेका मेयर जिसीको कोरोना नेगेटिभ आएको हो ।
मेयर सरावगी र जिसी बीच काठमाडौंमा भएको नगर लगानी कोषको बैठकमा भेट भएको थियो । गत सोमबार काठमाडौं गएका जिसीले फर्किएपछि स्वाब परीक्षणका लागि दिएका थिए ।
वीरगञ्जका मेयर सरावगीमा बिहीबार कोरोना पुष्टि भएको हो । उनलाई कहाँबाट कोरोना सर्यो भन्ने यकीन भएको छैन ।
काठमाडौंमा भएको बैठकमा विभिन्न नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकाका प्रमुख उपस्थित थिए ।
सम्बन्धित







राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया