पाेखराका मेयर जिसीकाे काेराेना परिक्षण रिपाेर्ट नेगेटिभ
समाधान संवाददाता
२०७७ साउन १६ गते १७:०३

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएका वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीसँग काठमाडौंमा भेटेका मेयर जिसीको कोरोना नेगेटिभ आएको हो ।
मेयर सरावगी र जिसी बीच काठमाडौंमा भएको नगर लगानी कोषको बैठकमा भेट भएको थियो । गत सोमबार काठमाडौं गएका जिसीले फर्किएपछि स्वाब परीक्षणका लागि दिएका थिए ।
वीरगञ्जका मेयर सरावगीमा बिहीबार कोरोना पुष्टि भएको हो । उनलाई कहाँबाट कोरोना सर्यो भन्ने यकीन भएको छैन ।
काठमाडौंमा भएको बैठकमा विभिन्न नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकाका प्रमुख उपस्थित थिए ।
सम्बन्धित







फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया