बाढीले श्राद्धस्थल कागबेनीको संरचनामा क्षति

एसके थकाली
जोमसोम, १८ साउन
बाढीले मुस्ताङको पवित्र धार्मिक श्राद्धस्थल कागबेनीको संरचनामा क्षति पुगेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—२ झोङमा शनिबार साँझ गएको सुख्खा पहिरोले मुक्तिनाथ आसपासबाट बहने शाखा नदी कागखोला अचानक थुनिएपछि आएको बाढीले संरचनामा क्षति पुगेको हो ।
कागखोलाको बाढीले श्राद्धस्थलको केही भाग र तीर्थालुले स्नान गर्ने ठाउँ बगाएको गाउँपालिकाका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सुख्खा पहिरोले साँझ ५ बजे कागखोला नदी थुनिएपछि ठुलो बाढी आएको हो ।
सुख्खा पहिरोले थुनिएको कागखोला नदी साँझ ८ बजे फुटेपछि आएको बाढीको त्रासले स्थानीयबासी र परम्परागत यार्तुङ मेला भर्न गएका सर्वसाधारणको भागदौड चलेको थियो ।
सूचना अधिकारी तिमिल्सिनाले ३ घण्टापछि बाढी रोकिएको जनाए । उनका अनुसार कागखोलाको बाढीले कागखोलाबाट ल्याइएको खानेपानी संरचना र कागखोला नदी नियन्त्रण आरसिसी पक्की तटबन्धमा क्षति पुगेको छ ।
यसअघि पनि कालिगण्डकी नदीको वाहव उच्च हुँदा कागबेनी—पाक्लिङ जाने काठेपुल बगाएको थियो भने श्राद्धस्थलमा समेत क्षति पुगेको थियो । कालिगण्डकी नदी र कागखोलाको दोभानमा रहेको कागबेनी बजारमा करिब १ सय बढी घरधुरी छन् । उक्त ठाउँमा ठूल्ठूला पर्यटक लक्षित होटल बनाइएको छ ।
शनिबार साँझको बाढीले श्राद्धस्थलमा पु¥याएको क्षति । तस्विर : सूर्य तिमिल्सिना









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया