टेलिकम र प्याब्सनबीच झगडा
समाधान संवाददाता
२०७७ साउन १८ गते १९:५५
रासस , काठमाण्डाै ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्नो वेबसाइटमा राखेको ‘ई–लर्निङ को प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्रमा नेपाल टेलिकमलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति असहमति जनाएको छ ।
‘कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावलीसहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको छ’, टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ – आफू अनुकूल कुनै पनि संस्थासँग सम्झौता गर्ने सङ्गठनको अधिकारप्रति नेपाल टेलिकमको विमति नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमति व्यक्त गर्दछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया