मेलम्चीमा पुरिएका मध्ये ५ शव निकालियाे, ३ अझै वेपत्ता

समाधान संवाददाता २०७७ साउन १९ गते ७:२३

समाधान संवाददाता

Advertisement

सिन्धुपाल्चकको मेलम्चीमा पहिरोमा पुरिएरर वेपत्ता भएका ८ जना मध्ये ५ जनाकाे शव फेला परेकाे छ ।

९ जनालाई पहिराेले पुरेकाेमा १ जनाकाे जिवितै उद्दार भएकाे थियाे । वपत्ता मध्ये ५ जनाकाे शव फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । ती मध्ये २ जनाकाे सनाखत समेत भएकाे छ ।

Advertisement

माथिबाट खसेको पहिरोमा परेर पुरिएका ९ जना मध्ये एकजनाको जीवितै उद्धार गरिएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिएका थिए।

उनीहरुसबै प्रदेश सरकारको बजेटमा बन्दै गरेको कवर्डहल निर्माणका लागि खटिएका मजदुर हुन् । राति सुतिरहेका बेला टहरामाथिको ढिस्को खसेर उनीहरु पुरिएका हुन् ।

Advertisement

स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन्।

तपाईको प्रतिक्रिया