घान्द्रुकमा जीप दुर्घटना, चालकको मृत्यु
समाधान संवाददाता
२०७७ साउन १९ गते १७:५६

पाेखरा
कास्कीकाे अन्नपूर्ण गाउँपालिकामा शनिबार दिउँसो भएको जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पोखरा बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग२च २८१७ नंको बोलेरो जीप दिउँसो १ः३० बजेको समयमा वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३०० मिटर तल खसेको बताइन्छ । घटनास्थलबाट शवपरीक्षणका लागि पोखरा ल्याउने तयारी भइरहेको प्रनाउ हमालले जानकारी दिए । रासस
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया