प्रमुख सचिव नेपालको स्वागत

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ लगायत मन्त्री तथा कर्मचारीले प्रमुख सचिव विष्णुप्रसाद नेपाललाई स्वागत गरेका छन् । कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेपाललाई स्वागत गर्दै सफल कार्यकालको कामना समेत गरे ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले सरकारको सफलता कर्मचारी प्रशासनको कार्यसम्पादनमा निर्भर हुने बताए । उनले सरकारका नीतिगत निर्णयलाई कार्यान्वयनमा लैजाने दायित्व र जिम्मेवारी कर्मचारी प्रशासनमा रहने भन्दै त्यही अनुसारको सहयोगको अपेक्षा गरे ।
राम्रो काम गर्ने कर्मचारीको उचित मूल्यांकन हुने भन्दै मुख्यमन्त्री गुरुङले हुने बताउँदै जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी क्रियाशील बन्नुपर्नेमा जोड दिए । जनताले चाहे अनुसार सार्वजनिक प्रशासन छिटोछरितो एवं पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको समग्र विकासका लागि दक्ष जनशक्ति आवश्यक भएको बताए ।
प्रमुख सचिव नेपालले आफ्नो योग्यता तथा दक्षतालाई अधिकतम उपयोग गर्दै सरकारका कामको प्रभावकारिता बढाउन लाग्ने धारणा व्यक्त गरे । सरकारको सफलताका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले जिम्मेवारी आत्मसात् गर्दै क्रियाशील बन्न कर्मचारी वर्गलाई आग्रह गरे ।
मन्त्रीहरु रामशरण बस्नेत, हरिबहादुर चुमान, विकास लम्साल, लेखबहादुर थापा, नरदेवी पुन मगरले प्रमुख सचिव नेपाललाई स्वागत गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभासचिवलायका सचिवले पनि उक्त अवसरमा स्वागत गरे ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया