ग्यालेक्सी हस्पिटल र एनआइसी एसिया बैंकबीच छुट सम्झौता

पोखरा
पोखराको ग्यालेक्सी हस्पिटल प्रालि र एनआइसी एसिया बैंकबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ ।
यो सम्झौता अनुसार अब एनआइसी एसिया बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ग्यालेक्सी हस्पिटलबाट फार्मेसी बाहेक सबै स्वास्थ्य सेवा लिँदा १२ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए ।
छुट सम्बन्धी सम्झौतापत्रमा हस्पिटल तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धर र बैंकका तर्फबाट एनआइसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले हस्ताक्षर गरेका छन् । यो छुट सुविधा कार्ड होल्डरसहित एनआइसी एसिया बैंकका कर्मचारी र कर्मचारीका परिवारले समेत पाउनेछन् ।
२४ घन्टा विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचारसहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषि ढकालले बताए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया