मुक्तिनाथबासीले मनाए अनौपचारिक यार्तुङ
एसके थकाली
जोमसोम मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथमा सोमबार स्थानीयले अनौपचारिक रुपमा परम्परागत ऐतिहासिक याुर्तङ पर्व मनाएका छन् । ब्राण्ड यार्तुङको रुपमा पुस्तौ देखि संञ्चालन हुदै आएको मुक्तिनाथ यार्तुङ पर्व यसपाली कोरना कहरका कारण सामान्य रुपमा परम्परा धान्न पर्व मनाईएको जनप्रिय युवाक्लवका पूर्व अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।
यसवर्ष कोरोना भाईरसको विषम सक्रमणकालिन अवस्था रहेको यार्तुङ पर्व गत वर्षको जस्तो तामझाम नभएको उनले बताए । उनका अनुसार यार्तुङ पर्वमा देखाईने महत्वपूर्ण घोडा दौड र स्थानीय जातिय संस्कृति पस्किएको तर यार्तुङ महोत्सवमा विगतको जस्तो कुनै प्रतियोगिता आयोजना नगरिएको गुरुङको भनाई छ । यसपटक विगतको जस्तो खचाखच रानीपौवा बजार दर्शक दिर्घाले भरिने रानीपौवा बजार सुनसान रह्यो । रानीपौवासीले मनाएको यार्तुङमा कुनै दर्शक तथा अतिथिको उपस्थित रहेन ।
विषम परिस्थितीमा रानीपौवाबासीले पर्व धान्न यार्तुङ मनाएको जनाएका छन् । यार्तुङको आज सोमबार रानीपौवाबासी बिहानै घोडाको लस्करसहित भेषभुषा पहिरिएर गुम्बामा पुजा गर्न पुगे । त्यसपछि रानीपौवा खेल मैदानमा साविक जस्तै स्याब्रो नाच देखाएर संस्कृतिलाई निरन्तरता दिएको क्लवका अध्यक्ष उर्गेन गुरुङले जानकारी दिए । उनका अनुसार यसपटक कोरोना माहामारीको बिषम अवस्था रहेको र व्यवसायिक फाईदा भन्दा स्वास्थ्य ठुलो हो भन्ने सोचेर अनौपारिक रुपमा पर्व मनाईएको हो ।
समुन्द्री सतह देखि ३८ सय मिटरको उचाईमा बर्सेनि संञ्चालन हुने मेलामा क्लवले ख्यातीप्राप्त कलाकारलाई आमन्त्रण गर्ने गथ्र्यो । फुटबल ,तारो हान्ने र घोडा दौड जस्ता प्रतियोगित हुने गथ्र्यो । रानीपौवाबासीले यसपटक गाउभित्र मात्र सामान्य रुपमा यार्तुङ पर्व मनाएको जनप्रिय युवा क्लवले जनाएको छ । क्लवका अनुसार अर्को वर्ष साविक वर्ष जस्तै भव्य र सम्य रुपमा यार्तुङ महोत्सव संञ्चालन गर्ने जनाएको छ । यसपटक यार्तुङ पर्व भव्य नहुने र कुनै प्रतियोगिता नहुने क्लवले संञ्चार माध्यमलाई समेत जानकारी गराएको थियो ।
तपाईको प्रतिक्रिया