नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’

समाधान संवाददाता २०७७ साउन १९ गते २१:५३

रासस. नेपालगञ्ज ।

Advertisement

जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिनुभयो ।

Advertisement

लकडाउनको अवधिमा बाँकेमा महिला तथा बालबालिकासम्बन्धी घटनामा वृद्धि भएको बढेको छ । चार महिना लामो लकडाउन हुँदा बालविवाह, बाल दुव्र्यवहार, बालबालिका कुटपिट, महिला तथा लैंगिक हिंसा, बालबालिका हराएको, आत्महत्या जस्ता घटना बढेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाएको छ ।

स्याक नेपाल बाँकेको तथ्याङ्कअनुसार ५३ घटना रहेको संस्थाका परियोजनाका व्यवस्थापक जगदिश थापाले बताउनुभयो । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले घटना रोकथामका लागि बाँके प्रहरीले काम गर्दै आए पनि लकडाउनमा प्रभावकारी रुपमा प्रहरी परिचाल गर्न नसक्दा महिला तथा बालबालिका माथिको हिंसाका घटनामा वृद्धि भएको छ ।

Advertisement

बाँके जिल्ला महिला तथा बालबालिकाको उच्च जोखिममा रहेको जिल्ला हो । विगतदेखि नै बाँकेमा महिला तथा बालबालिका माथि हिंसाका घटना अधिक हुने गरेकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया