नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’

रासस. नेपालगञ्ज ।
जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिनुभयो ।
लकडाउनको अवधिमा बाँकेमा महिला तथा बालबालिकासम्बन्धी घटनामा वृद्धि भएको बढेको छ । चार महिना लामो लकडाउन हुँदा बालविवाह, बाल दुव्र्यवहार, बालबालिका कुटपिट, महिला तथा लैंगिक हिंसा, बालबालिका हराएको, आत्महत्या जस्ता घटना बढेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाएको छ ।
स्याक नेपाल बाँकेको तथ्याङ्कअनुसार ५३ घटना रहेको संस्थाका परियोजनाका व्यवस्थापक जगदिश थापाले बताउनुभयो । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले घटना रोकथामका लागि बाँके प्रहरीले काम गर्दै आए पनि लकडाउनमा प्रभावकारी रुपमा प्रहरी परिचाल गर्न नसक्दा महिला तथा बालबालिका माथिको हिंसाका घटनामा वृद्धि भएको छ ।
बाँके जिल्ला महिला तथा बालबालिकाको उच्च जोखिममा रहेको जिल्ला हो । विगतदेखि नै बाँकेमा महिला तथा बालबालिका माथि हिंसाका घटना अधिक हुने गरेकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिइएको छ ।








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया