लकडाउन थप्न प्रधानमन्त्री सरसल्लाह गर्दै

समाधान संवाददाता २०७७ साउन २० गते ७:५३

काठमाडौं

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि लकडाउन गर्ने वा नगर्ने भन्नेबारे सुझाव लिन जनस्वास्थ्यविद्लाई डाकेका छन् । आज बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद् तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाका प्रतिनिधिलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्रीले सुझाव लिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोरोना संक्रमितको संख्याका आधारमा क्षेत्रगत लकडाउन गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। तर, अब लकडाउन भए यसअघिको जस्तो देशैभर लकडाउन भने हुने छैन ।

Advertisement

सोमबार बेलुकासम्म देशभर कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ भने ५७ जनाको मृत्यु भइसकेको छ। निको भई घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ छ।

Advertisement

तपाईको प्रतिक्रिया