लकडाउन थप्न प्रधानमन्त्री सरसल्लाह गर्दै
समाधान संवाददाता
२०७७ साउन २० गते ७:५३

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि लकडाउन गर्ने वा नगर्ने भन्नेबारे सुझाव लिन जनस्वास्थ्यविद्लाई डाकेका छन् । आज बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद् तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाका प्रतिनिधिलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्रीले सुझाव लिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कोरोना संक्रमितको संख्याका आधारमा क्षेत्रगत लकडाउन गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। तर, अब लकडाउन भए यसअघिको जस्तो देशैभर लकडाउन भने हुने छैन ।
सोमबार बेलुकासम्म देशभर कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ भने ५७ जनाको मृत्यु भइसकेको छ। निको भई घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ छ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया