थप २५९ जनामा कोरोना, संक्रमितको संख्या २१ हजार नाघ्यो

समाधान संवाददाता २०७७ साउन २० गते १६:३६

समाधान संवाददाता

Advertisement

नेपालमा थप २ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका सहित देशभर संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ६५ जना निको भएका छन्। योसहित नेपालमा निको हुनेको संख्या १५ हजार २६ पुगेको छ।

Advertisement

नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर १० हजार ४ सय ५२ जना क्वारेन्टाइनमा छन्।

Advertisement

तपाईको प्रतिक्रिया