पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागीय प्रमुखमा क्षेत्री

समाधान संवाददाता २०७७ साउन २१ गते ६:२३

पोखरा

Advertisement

पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागको प्रमुख उक्त विभागका सह–प्राध्यापक ठानबहादुर क्षेत्रीलाई मनोनयन भएका छन् । क्याम्पसले विभागका ज्येष्ठ सदस्यमध्येबाट उक्त अध्यक्ष पदमा मनोनयन गर्ने विगतको परम्परालाई कायम राख्दै आगामी ३ वर्षको कार्यकालका लागि क्षेत्रीलाई सो पदमा असार १५ मै मनोनयन गरेको थियो ।


विभागमा मंगलबार आयोजित पदस्थापन कार्यक्रममा क्षेत्रीले आगामी दिनमा विभागलाई अझ बढी सशक्त बनाउँदै लैजाने प्रण गरे ।

Advertisement

उनले विभागले अन्य विभाग र संस्थासगँको समन्वय गर्दै विभागीय जर्नल नियमित प्रकाशन गर्ने, सेमेस्टर कोर्सका सम्बन्धमा प्राध्यापकलाई तालिम, गोष्ठी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा विभाग मातहतका २ वटा अक्षयकोषलाई उचित व्यवस्थापन गर्ने आफ्नो कार्ययोजना रहेको बताए ।

विभागका निवर्तमान प्रमुख प्राडा उमानाथ बरालको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रम प्रमुख अतिथिको रुपमा स्नातकोत्तर कार्यक्रमका सहायक क्याम्पस प्रमुख सह–प्राध्यपक उपेन्द्र पौडेलले यस विभागका गतिविधि उत्कृष्ट रहेको अवस्थाामा आगामी दिनमा निरन्तरता पाउने अपेक्षा व्यक्त गरे ।

Advertisement

प्राडा बरालले आफ्नो साढे ६ वर्षे कार्यकालमा विभागका सबै सदस्यले गरेको सहयोगबाटै विभाग आजको अवस्थामा आइपुगेको बताए ।

उनले विभागको मुख्यकार्य सहकार्य, समन्वय र एक अर्काप्रतिको सहयोग भएकाले नवनियुक्त अध्यक्षले विभागका सबै सदस्यहरुसँग समन्वय गर्नुपर्ने बताए ।

सहभागीहरुलाई स्वागत मन्तव्य उक्त विभागका सदस्य तथा बिएएलएलबीका कार्यक्रम संयोजक सहप्राध्यापक लालबहादुर कुँवरले गरेका थिए । कार्यक्रम सञ्चालन विभागका उप–प्राध्यापक भीमनाथ बरालले गरेका थिए ।

तपाईको प्रतिक्रिया