ज्येष्ठ नागरिकको सम्मान हुनुपर्छ ः जिसस संयोजक क्षेत्री

रामशरण नेपाली
लेखनाथ
जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले ज्येष्ठ नागरिकको नयाँ पुस्ता र समाजले सम्मान गर्नुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति कास्की तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार पोखरा ३२ को राधाकृष्ण वृद्धाश्रममा खाद्यान्न सहयोग कार्यक्रममा क्षेत्रीले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएको र उनीहरुबाट धेरै कुरा सिक्न सकिने भएकाले उनीहरु सिकाइका लागि विश्वविद्यालय भएको बताएका हुन् ।
धार्मिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरु भगवानको रुप भएकोमा जोड दिँदै क्षेत्रीले वयोवृद्ध बुवा आमाको आँखामा आसु आउने काम गरियो भने त्यो सबैभन्दा ठूलो पाप हुने र उनीहरुलाई गरिने सम्मान सबैभन्दा ठूलो पुण्य काम भएको बताए ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले ज्येष्ठ नागरिकको हक हितका सवालमा काम गर्नु नै वास्तविक धर्म भएकाले आफनो गाउँपालिकाले घर घरमा बृद्ध भत्ता र दिवा सेवा आश्रम बनाउने योजनालाई अगाडि बढाएको बताए ।
यस्तै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले ज्येष्ठ नागरिक अनुभवका खानी भएको धारणा राखे । आश्रममा बस्दै आएका ५२ जना ज्येष्ठ नागरिकका लागि आवश्यक पर्ने खाद्यान्न, तरकारी तथा फलफूल मंगलबार सहयोग गरिएको थियो ।
बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको कार्यक्रममा उपसंयोजक सावित्री भण्डारीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बराल र धन्यवाद ज्ञापन राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेश केसीले गरेका थिए ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया