काेराेनाले लियाे १८ बर्षीया युवतीकाे ज्यान
समाधान संवाददाता
२०७७ साउन २१ गते ७:५३
समाधान संवाददाता
पछिल्लाे समय हटस्पट बन्दै गएकाे पर्सा जिल्लामा १८ काेराेना भाइरसले १८ बर्षीया युवतीकाे पनि ज्यान लिएकाे छ ।
सोमबार मृत्यु भएकी १८ बर्षीया ती युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।
कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया