२२ दिनपछि बल्ल दमाैलीमा खानेपानी

समाधान संवाददाता २०७७ साउन २१ गते ११:१८

रासस, दमाैली ।

Advertisement

गत असार २९ गतेको पहिराले खानेपानीको पाइप क्षति पुगेपछि अवरुद्ध भएको तनहुँ सदरमुकाम दमाैलीकाे खानेपानी २२ दिनपछि पूर्ण रुपमा सञ्चालन भएको छ ।

व्यास नगरपालिका–४ स्थित बैरेनीमार्गमा पहिराले पाइप क्षति पुगेपछि दमौलीमा खानेपानीको हाहाकार भएको थियो ।

Advertisement

पहिराले डिआइ पाइप बगाएको ठाउँमा ढलान गरिएपछि मङ्गलबार साँझदेखि खानेपानी वितरण गरिएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो ।

“पहिराले ४२ इन्चको डिआइ पाइपमा क्षति पुगेको थियो, उक्त स्थानमा गाह्रो लगाएर ढलान गरेपश्चात् खानेपानी पुनःसञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “मङ्गलबार साँझबाटै पानी छाड्यौँ, आज बिहानबाट पूर्णरुपमा खानेपानी वितरण भएको छ ।” पहिराले पाइपमा क्षति पुगेपछि समितिले दैनिक बिहान एक घण्टा मात्रै पानी वितरण गर्दै आएको थियो ।

Advertisement

तनहुँ सदरमुकामस्थित व्यास नगरपालिका वडा नं २, ३ र ४ मा समितिले खानेपानी वितरण गर्दैै आएको छ । “तीन वडामा दैनिक ३० लाख लिटर खानेपानीको आपूर्ति भइरहेको थियो, पहिराले पाइप क्षति पुगेपछि भने दैनिक १० लाख लिटर मात्रै पानी वितरण गरेका थियौँ”, उहाँले भन्नुभयो, “अब समस्या आएन भने दैनिक ३० लाख लिटर नै पानी वितरण हुनेछ ।”

तपाईको प्रतिक्रिया