सुनकाे मूल्यमा किर्तिमान, १ ताेलालाई १ लाख १ हजार
समाधान संवाददाता
२०७७ साउन २१ गते ११:४४
समाधान संवाददाता
लगातार उकालाे लागेकाे सुनकाे मूल्यले नेपालमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ । एकैदिन १६ सय रुपैयाँले बढेर बुधबार सुनको मूल्य तोलाको एक लाखभन्दा माथि पुगेको छ । मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारका लागि छापावाला सुनको मूल्य एक लाख एक हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य पनि १५ सय ३५ रुपैयाँले बढेर बुधबार तोलाको एक लाख ९ सय पुगेको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले नेपालमा पनि अझै बढ्न सक्ने अनुमान गरिएको छ । नेपालका केही महिनायता सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ ।
चाँदीको मूल्य ६५ रुपैयाँले बढेर आज १ हजार २९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया