भारतबाट आएका ४ सहित पोखरामा थपिए ९ संक्रमित

समाधान संवाददाता २०७७ साउन २१ गते १३:१४

समाधान संवाददाता, पोखरा

Advertisement

पोखरामा बुधबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ९ जनामध्ये ७ जना महानगरको क्वारेन्टाइनमा बसेका र २ जना होम क्वारेन्टाइनमा बसेका पुरुष हुन् ।

संक्रमितमध्ये भारतबाट ४, बाराबाट ३, सर्लाही र महोत्तरीबाट १÷१ जना आएका हुन् । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

Advertisement

संक्रमित कुन–कुन वडाका ?
पोखरा १७ – २
पोखरा १२ – २
पोखरा १३ – १
पोखरा १८ – १
पोखरा २३ – १
पोखरा १० – १
पोखरा ५ – १

Advertisement

तपाईको प्रतिक्रिया