कवि तीर्थ श्रेष्ठको कृति मदन पुरस्कारलाई मनोनीत
समाधान संवाददाता
कवि तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि मनोनयनमा परेको छ ।
मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७६ का लागि ७ कृति मनोनय गरेको हो । गुठीलाई प्राप्त १५१ कृतिमध्येबाट बढीमा १० श्रेष्ठ कृतिको सूची तयार गर्न गठित समितिले ७ पुस्तकको सूची उपलब्ध गराएको गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार विज्ञप्तिमार्फत जनाएका छन् ।
अकारादिक्रममा सार्वजनिक सूची अनुसार विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्म महारसको महारस निघण्टु (खण्ड १-३), चन्द्रप्रकाश बानियाको महारानी, ललित विष्ठको मोहपथ र शारदा शर्माको यात्रामा कृति मनोनयनमा परेका छन् ।
छनोटमा परेका यी पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिनेछ।
तपाईको प्रतिक्रिया