गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ साउन २१ गते १५:१०
समधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । बागलुङका २ र कास्कीका १ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बागलुङका संक्रमित गलकोट र जैमिनी नगरपालिकाका हुन् भने कास्कीका संक्रमित पोखरा महानगरपालिकाका हुन् ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय ५५ पुगेको छ । संक्रमितमध्ये १३ सय ६२ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
यसअघि आज बिहान पोखराका ९ पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया