कांग्रेसद्वारा सहयोग हस्तान्तरण

पोखरा
नेपाली कांग्रेस कास्कीले मादी गाउँपालिका वडा नं ५ ठुलोस्वाँरामा रहेको पहिरो पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई नगद १० हजार हस्तान्तरण गरेका थिए ।
विदेशमा रहेका नेपाली कांग्रेसका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की कांग्रेसलाई पठाइएको ५० हजारमध्यबाट १० हजार सो परिवारलाई हस्तान्तरण गरिएको हो प्रवत्ता नवीन सिग्देलले बताए ।
सहयोग हस्तान्तरण गर्न कास्की कांग्रेसका सभापति केसीसहित कोषाध्यक्ष लक्ष्मी पाण्डे, प्रवक्ता नवीन सिग्देल, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, वडा सदस्य होमनाथ अधिकारी लगायतको टोली पुगेको थिए ।
कार्यक्रममा कास्की कांग्रेसका सभापति कृष्ण केसीले समस्यामा परेको सो परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरे । साउन २५ गतेको अविरल वर्षापछि घर भत्किएको थियो । दिउँसो घरमा कोही नभएका बेला घर भत्किएका कारण मानवीय क्षति भने भएको छैन ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया