मुक्तिनाथ र एनसिसी बैंकको सहकार्य

पोखरा
मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैैंकबीच रेमिटेन्स रकम भुक्तानीका लागि सम्झौता भएको छ । सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एन्ड कमर्स बैैंक लिको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल क्रेडिट एन्ड कमर्स बैैंकको तर्फबाट नेपाल क्रेडिट एन्ड कमर्स बैैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरे । यो सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । बैंकले ब्यालेन्स, सर्टिफिकेट, चेकबुक, गुडफर पेमेन्ट चेक, अन्तरशाखा बैंकिङ कारोबार सेवा निशुल्क प्रदान गर्दै आइरहेको छ । बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटिएमबाट बिनाशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।








एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया