युनाइटेड क्लबद्वारा पहिरो पीडितलाई सहयोग

समाधान संवाददाता २०७७ साउन २१ गते १९:५९

समाधान संवाददाता
पोखरा

Advertisement


पाेखरा १८ गोठादीका पहिरो पीडितलाई युनाइटेड क्लब पोखराले आर्थिक सहयोग गरेको छ । गत असारको अन्तिम साता अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारलाई क्लबले राहत स्वरुप नगद १ लाख सहयोग गरेको हो ।

क्लबले दैवी प्रकोप राहत कार्यक्रम अन्तर्गत सराङकोट पहिरो पीडितलाई नगद सहयोग गरेको हो । क्लबले पोखरा महोत्सव गरी पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सेती नदी संरक्षणको काम गर्दै आएको छ । तिहारका बेला देउसीभैलो खेलेर संकलित रकमबाट दैवी प्रकोपमा परेकालाई सहयोग गर्दै आएको छ ।

Advertisement

बुधबार १ कार्यक्रमबीच युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङसहितको पदाधिकारीको टोलीले पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापामार्फत् सराङकोट गोठादी महारी वाढिपिडित राहत संकलन समितिका संयोजक संजीव थापा मगरलाई राहत प्रदान गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष थापाले युनाइटेड क्लबले गरेको सामाजिक कामको प्रशंसा गर्दै विपदमा परेका परिवारलाई सहयोग गरेकोमा धन्यवाद दिए ।
क्लवका निवर्तमान अध्यक्ष तथा विपद व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर गुरुङले क्लबले स्थापना कालदेखि नै समासेवालाई प्राथमिकतामा राखेको बताए ।

Advertisement

क्लब अध्यक्ष लालकाजी गुरुङले पहिरोमा परि आफन्त र घरबार गुमाएकालाई थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको बताए । कोरोनाको रोकथामका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोषमा १ लाख, पोखरा महानगरपालिकाको कोषमा १ लाख र महानगरको वडा नम्बर १० र १२ लाई १०/१० हजार रुपैयाँ सहयोग गरिसकेको महासचिव शान्तबहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया