पृनामा अनुसन्धान अभिमुखीकरण

समाधान संवाददाता
पोखरा
पृथ्वीनारायण क्याम्पसको नेपाली विभागले बुधबार पोखरामा अनुसन्धान अभिमुखीकरण गोष्ठी गरेको छ । कार्यक्रममा क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले समयसापेक्ष विषयमा अनुसन्धान गर्नगराउन यो गोष्ठी उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा डा.यमनाथ तिमिल्सिनाले अनुसन्धान पद्धति र परम्परा, प्राडा. विश्वकल्याण पराजुलीले शोध शीर्षक छनोट र अध्ययन विधि, प्राडा लेखनाथ भट्टराईले साहित्य सर्वेक्षण र सैद्धान्तिक ढाँचाका बारेमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
प्राध्यापनसँगै सोध कार्य अत्यन्त आवश्यक भएको भन्दै सहभागीले ४ घन्टासम्म घनिभूत छलफल गरेको विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले बताए । उनले आगामी दिनमा योभन्दा विशिष्ट कार्यक्रम गर्दै जाने प्रतिबद्धता समेत जनाए ।
पठनपाठनलाई प्रभावकारी बनाउने अब मासिक रुपमा गोष्ठी गर्ने समेत उनले जानकारी गराए ।
प्राध्यापनमा सहभागीहरुलाई अनुसन्धान विद्वतवृत्ति र विद्यार्थीहरुलाई सोधवृत्ति प्रदान गर्ने तयारीमा आफू जुटेको उनले सुनाए । उनले भने, ‘यसका लागि स्रोतको खोजी भइरहेको छ, बेलायत र अमेरिकामा बस्ने नेपालीले यसमा चासो देखाउनुभएको छ ।’
उपप्राध्यापक यादवराज उपाध्यायले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपप्राध्यापक गीरबहादुर खड्काले गरेका थिए । क्याम्पसको नेपाली विभागमा अध्यापन गराउनेहरु कार्यक्रममा सहभागी थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया